Connect with us
Kapilvast Forest

चुरोटको विषयमा विवादपछि एसिड प्रहार, एक जना पक्राउ

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

acide attack

सुनसरी-सुनसरीमा एसिड आक्रमण गरी एक महिलालाई गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज्दा सोही ठाउँ बस्ने ती महिलाको घरमा शरण लिन गएकी थिईन् । त्यसबेला रोमनले ढोका खोल भन्दै ढोकामा लात्तीले हाने । त्यसक्रममा ती महिलाले सम्झाई बुझाई गर्न खोज्दा रोमनले उनकै टाउको तथा अनुहारको भागहरुमा एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट गम्भीर घाइते भएकी ती महिलालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान हुँदै थप उपचारको लागि म्याक्स अस्पताल विराटनगरमा पठाइएको छ । त्यसपछि रमन फरार भएका थिए ।

रमन भागेर काठमाडौं पुगेका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा काठमाडौं गौशालाबाट उनी पक्राउ परेका छन्। उनी माथि एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्वन्धि) कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu