राजनीतिमा पनि लाग्न सक्छु, क्रिकेट नै मेरो प्राथमिकता:पारस खड्का
काठमाडौं-क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताउनुभएको छ । तर तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाइ छ ।
‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ’, बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।
उहाँले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताउनुु भयो । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उहाँले भन्नुु भयो । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताउनु भयो ।
उहाँले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताउनुु भयो ।छिट्टै क्रिकेट एकेडेमी लन्च गर्न लागेको जानकारी दिँदै उहाँले त्यसलाई नेपालभर लिएर जाने पनि बताउनुु भयो।