Connect with us
Kapilvast Forest

वैदेशिक रोजगारी : एक वर्षमा १ सय ४० जनाले गरे विदेशमै आत्महत्या

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

shram swikrti

काठमाडौं– वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् ।आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक सय १९ जनाको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटना ज्यान गएको छ । एक सय १६ जना पुरुष र तीन जना महिलाको सडक दुर्घटना ज्यान गएको हो ।

बोर्डका अनुसार विभिन्न रोगका कारण ४२७ जनाको, कार्डियाक अरेस्टको कारण १०४ जनाको, कार्यस्थल दुर्घटनामा परी २६ जनाको, प्राकृतिक कारणबाट १७१ जनाको ज्यान गएको छ भने २ जनाको हत्या भएको छ ।

अन्य विभिन्न कारणबाट २४८ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् भने ५ जनाको मृत्युको कारण अनुसन्धान भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu