Connect with us
Kapilvast Forest

कल्भडले निम्तायो दुर्घटना

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

 माधव बेल्बासे, कपिलवस्तु- शिवराज नगरपालिका ५ चन्द्रौटा देखि वालापुर सडक खण्डमा पछिल्लो समय दैनिक दुर्घटना हुने गरेको छ । विगत केहि समय अघि उक्त सडकमा अनाआवश्यक रुपमा राखिएको ब्रेकरले दुर्घटना बढाएपछि हटाइएको थियो । पछिल्लो समय हेलौडिया नजिकै निर्माण गरिएको कल्भडका कारण दैनिक दुर्घटना भइरहेको छ ।

कालोपत्रे सडकमा यात्रुहरुको गति तिव्र हुने र उक्त कल्भड सडक भन्दा केहि उचाइमा रहेकोले दुर्घटना बढेको छ । चन्द्रौटा देखि कृष्णनगर जाने सडक निर्माणधिन रहेकोले अहिले उक्त सडकमा सवारीको चाप समेत बढेको छ । प्राविधिकको कमजोरीले सडक भन्दा कहि उचाईमा कल्भर्ड निर्माण भएको स्थानियहरुको भनाई छ ।

उपभोक्ता मार्फत निर्माण भएको उक्त कल्भर्ड उचाई कम भएमा घरहरु डुबानमा पर्न सक्ने भन्दै सडक भन्दा अग्लो कल्भर्ड निर्माण गरेको जनाइएको छ । यसरी एकतर्फि समस्या हेरेर मात्र प्राविधिकले काम गर्दा मानविय क्षती सगै धेरै यात्रुहरुलाई समस्या हुदै आएको छ । कल्र्भड निर्माण गर्दा प्राविधिक कमजोरी भएको शिवराज नगरपालिकाका प्राविधिक रामजी नेपालीले बताउनुभयो ।

“सडको सतह सँग मिल्ने गरी बनाउनुपर्ने हो प्राविधि त्रुटि भएको छ” उहाँले भन्नुभयो, “अव सडकलाई उचाई बनाई कल्भडसँग बराबर बनाउन सकिन्छ, ।” चाडपर्व भित्रिएसगै थप दुुर्घटना हुन सक्ने भन्दै स्थानियहरुले उक्त सडक बनाउन माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu