एमाले माधव समूहको स्थायी कमिटी सकियो, केन्द्रीय कमिटी सुरु
काठमाडौं – नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ। बिहीबार ११ बजेदेखि जारी स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
स्थायी कमिटीमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित रहेको बताइएको छ। स्रोतको अनुसार भट्टराई कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नआउनुभएको हो भने पाण्डेको पिएसओलाई कोरोना संक्रमण पुष्टि भएका कारण उहाँ पनि कट्याक ट्रेसिङमा परेका कारण बैठकमा सहभागी हुनुभएको थिएन ।
आजको बैठकले पार्टीको आन्तरिक विवाद र एकताबारे टुंगो लगाउने तथा सरकारमा सहभागी हुने र नहुनेबारे निर्णय गर्ने बताइएको छ। यता, अध्यक्ष केपी शर्मा ओली पक्षले भने माधव समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई आग्रह गरेको छ।एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको ।