समाचारको प्रभाव :अतिक्रमित सडक हटाउन सक्रिय बन्दै नगरपालिका
कपिलवस्तु-सुचना कार्यान्वयन नगरेको भन्दै दुई दिन अघि समाचार प्रकाशित भएपछि शिवराज नगरपालिका संक्रिय भएको छ । नगरपालिकाले गत असार २३ गते एक हप्ताको समय दिदै सडकमा रहेका संरचना हटाउन सुचना जारि गरेको थियो । ती हप्ता वितिसक्दा पनि कार्यान्वयन हुन सकेको थिएन । विहिवार शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।
जिल्लाको शिवराज स्थित चन्द्रौटा क्षेत्र आसपासमा रहेका बजार क्षेत्रको राजमार्गमा सडक अतिक्रमण गरी निर्माण गरी सामग्री राख्ने ,पसल व्यावसाय गर्ने , अटो व्यावसाय संचालन गरी सडक अवरुद्द हुने गरी सवारी पार्क गरी राख्ने ,ठेलामा ब्यावसाय गर्ने राजमार्गमा सडक मिचेर बनाइएको संरचना हटाउन निर्दैशन दिइएको छ ।
नगरपालिकाले सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। पटकपटक लिखित सूचना जारी गर्दा पनि स्थानीय व्यवसायीले अटेर गरेको भन्दै शिवराज नगरपालिकाले आक्रम रुपमा प्रस्तुत भएको हो ।
सुचनालाई बेवास्था गर्दै सडक अतिक्रमण गरी ब्यापार गरेपछि बजारलाई स्वास्थ्य हराभरा बनाउन पहिलो पटक अनगमनुगमनमा निस्केको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताउनुभयो ।
सडक अतिक्रमणका कारण दुर्घटना बढेकाले अतिक्रमित सडक हटाउन सुचना प्रकाशित गरेका थियौं सुचनाको वेवास्ता भएपति आफै खटेर हटाउन निर्देशन दिएको वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताउनुभयो ।
नगरपालिकाले पटक पटक अतिक्रमित जग्गा खालि गरिदिनहुन अनुरोध गर्दा पनि अटेर गरिरहेको हुँदा नगर उप प्रमुुख शिवकुमारी थारु , वडा न ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे , वडा सदस्य खगि सुनार , शिवराज नगर पालिकाका शिक्षा शाखा प्रमुख लोक राज पन्थी, ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, वडा प्रहरी कार्यलय चन्द्रौटा लगायतको टोलीले अतिक्रमित सडक हटाउन निर्देशन दिएको छ ।