Connect with us
Kapilvast Forest

मन्त्रीले १४ बुँदे आचारसंहिता पालना गर्नु पर्ने

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले तयार पारेको सरकारका न्युनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

प्रधानमन्त्री देउवा लगायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई शुक्रबार बिहान बालुवाटारमा पुगेर कार्यदलले प्रतिवेदन बुझाइएको हो।

यस्तै कार्यदलले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता पनि बनाएको छ। उक्त आचारसंहिता १४ बुँदाको छ। सरकार सञ्चालन गर्न १० बुँदे कार्यविधि पनि बनाइएको छ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट देवप्रसाद गुरूङ र वर्षमान पुन, जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाइएको थियो। कार्यदलले करिब दुई सातासम्म छलफल गरेर तयार पारेको १८ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री र शीर्ष नेताहरूलाई बुझाइएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu