माधव नेपाल समूहमा नयाँ पार्टी खोल्ने योजना छैन :पाण्डे
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता सोमप्रसाद तत्काल नयाँ पार्टी खोल्ने तयारी र योजना नरहेको बताउनुभएको छ ।नेपाल पक्षीय केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले नयाँ पार्टीबारे कुनै योजना नरहेको बताउनुभएको छ ।
अहिले दुई वटा समूह तयार भएर पार्टी विभाजनको अवस्थामा पुगेको जस्तो देखिएको छ, त्यो हो पनि पाण्डेले भन्नुभयो ‘तर पार्टी एक हुनुपर्छ, अहिले पार्टी नयाँ खोल्ने र नयाँ दर्ता गर्ने योजना माधव नेपाल समूहमा छैन।’उहाँले तत्काल पार्टी एउटै रहेकाले माधव नेपाल समूह सरकारमा जान कानुनी समस्या रहेको बताउनुभयो ।