Connect with us
Kapilvast Forest

दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेलमा नेपालले भारतको सामना गर्ने तय

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

 

काठमाडौं- दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टोलिले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार भदौ तेस्रो साता नेपालले भारतको राष्ट्रिय फुटबल टोलिसँग स्पर्धा गर्ने तय भएको छ ।

एन्फाका अनुसार पहिलो खेल भदौ १७ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल भदौ २० मा हुनेछ । अखिल नेपाल फुटबल संघ र अखिल भारत फुटबल संघबीच औपचारिक रुपमा मैत्रीपूर्ण फुटबलका लागि सहमति भएको छ । भारत पनि साफ च्याम्पियनशीपको तयारीमा रहेका छ ।

साफ च्याम्पियनशीप अगामी अक्टोबर महिनामा बङ्गलादेशले आयोजना गर्ने तय भएको थियो । तर बङ्गलादेशले आयोजना गर्न अस्वीकार गरेपछि साफ च्याम्पियनशीपको आयोजना नेपालले गर्ने लगभग तय भएको छ । प्रतियोगिता अक्टोबर महिनामा नै हुने गरी तय भएको हो ।

दुबै टोलिले हालसम्म एक अर्का बिरुद्ध १९ खेल खेलेको छ । भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक हराएको छ । सन् २०१३ मा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनशीपमा नेपालले २–१ ले भारतलाई हराएको थियो ।

पछिल्लो पटक नेपालले भारतलाई मार्च २०१५ मा आयोजना गरेको थियो । दुबै टोलिले गोलरहित बराबरी खेलेको थियो । सन् २०१८ को फिफा विश्वकप छनोट खेल्ने क्रममा सन् २०१५ मा नेपालले भारतको सामना दशरथ रङ्गशालामा गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu