Connect with us
Kapilvast Forest

भदौमा महाधिवेशन सम्भव छैनः महामन्त्री कोइराला

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आगामी भदौमा १४औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उहाँलेयो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भन्नुभयो । कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उहाँले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो , ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’ फरक प्रसङ्गमा उहाँले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu