Connect with us
Kapilvast Forest

रिड नेपालद्धारा शिवराजका सामुदायिक विद्यालयमा १८७ थान रेडियो वितरण

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

नवराज पौडेल कपिलवस्तु-  कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रिड नेपालले आज रेडियो वितरण गरेको छ ।

कोरोना को विषम परिस्थितीमा वैकल्पीक शिक्षामा स्थायित्व अभिबृद्धि परियोजना अन्र्तगत अस्ट्रेलियन सरकार डि फ्याटको आर्थिक सहयोगमा रिड नेपालले रेडियो वितरण गरेको हो । नेपाल आर्दश मा.वि शिवपुर, त्रिभुवन आर्दश मा.वि पिपरी,राष्ट्रिय मा.वि चन्द्रौटा, बाल ज्योती मा.वि विसनपुर,समयथान मा.वि, खरेन्द्रपुर, दुर्गाभगवी मा.वि नयावस्ती,प्रकास मा.वि सुन्दरीडांडा,सरसती मा.वि बानियाबार,जनचेतना मा.वि लक्ष्मणपुर,बालशिक्षा मा.वि हल्लानगर र रगींलाल मा.वि सडवा लाई प्रती विद्यालय १ थान र प्रत्येक विद्यालयका कक्षा ४ देखि ८ सम्मका बिद्यार्थीहरु मध्ये १६ जना का दरले १७६ जना बिद्यार्थीहरुलाई रेडियो हस्तान्तरण गरिएको हो ।

बिद्यालयमा अध्ययनरत कक्षा ४ देखि ८ सम्मका गरिब, जेहेन्दार र रेडियो किन्न नसक्ने बिद्यार्थीहरुलाई मध्यनजर गर्दै रिड नेपालले उत्पादन गरेको रेडियो सिकाई कार्यक्रम सुन्नका लागि रेडियो हस्तान्तरण गरिएको रिड नेपालका फिल्ड अफिसर चन्दु बोहोराले बताउनु भयो । आजै ति विद्यालयका विद्यार्थीलाई गृह कार्यका लागी वर्क बुक समेत हस्तानतरण गरिएको बोहोराले जानकारी दिनुभयो कार्यक्रम मा राष्ट्रिय मा.वि चन्द्रौटाका प्र.अ बलदेव लामीछाने ले कोरोना को विषम परिस्थिती मा रेडियो बाट सिकाई कार्यक्रम निकै प्रभावकारी रहेको बताउंदै निरन्तरता को लागी आग्रह गर्नुभयो । यता रेडियोे पाउंदा विद्यार्थी समेत खुशी भएका छन् ।

कार्यक्रममा ११ वटै विद्यालयका प्रधानध्यापक, रिड नेपालका फिल्ड अफिसर चन्दु बोहरा, रेडियो समानताका कार्यक्रम फोकल पर्सन नवराज पौडेल लगायत अन्य शिक्षकहरु, अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कोरोना भाईरसले बिद्यार्थीको पढाईमा पारेको असरलाई मध्यनजर गर्दै रिड नेपालले रेडियोबाट सिकाई कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।

 

यो कार्यक्रम कक्षा ४ देखि कक्षा ८ सम्मका बिदार्थीहरुका लागि तयार पारिएको हो । कार्यक्रम शनिवार बाहेक हरेक दिन बेलका ४ः३० बजेदेखि सांझ ६ः३० बजेसम्म सामुदायिक रेडियो समानता १०५.४ मेर्गाहज बाट प्रसारण हुदै आइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu