Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

 

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक बनाई सम्पूर्ण नेपालीलाई खोपको सुनिश्चित गराउनुुपर्ने बताउनुभएको छ ।

चिकित्सा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका १५ वरिष्ठ महिला चिकित्सकलाई शुक्रबार सम्मान गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाल चिकित्सक सङ्घले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत महिला चिकित्सकहरूलाई सम्मान गरेको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विद्यमान स्वास्थ्य संस्थाहरूले कोभिड–१९ सङ्क्रमणमको चाप झेल्नुपरिरहेको भन्दै विज्ञान तथा प्रविधिको विकासका कारण नै कोरोनाविरुद्धको खोप उपलब्ध हुँदै गएको बताउनुभयो ।

कोरोना भाइरसका नयाँ प्रकारहरू देखापरिरहेको भन्दै उहाँले त्यसको सामना गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन जतिसक्दो छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको ठूलो सङ्ख्या महिला रहेको भन्नुहुँदै आफ्ना पारिवारिक र व्यक्तिगत प्राथमिकतालाई महìव नदिई महामारीविरुद्धको प्रतिकार्यमा लाग्ने सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

‘‘स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण नेपाली महिलाले भोग्नुपरेका धेरै समस्या छन्’’, उहाँले भन्नुभयो– “मातृशिशु स्वास्थ्य, कुपोषण, रक्तअल्पता, घरपरिवारका अन्य सदस्यहरू बिरामी पर्दा वहन गर्नुपर्ने थप जिम्मेवारी महिलाभित्र रहेको छ ।”

महिलाका विषयलाई सम्बोधन गर्न नेपाल सरकारले आफ्ना नीतिहरूलाई समयानुकूल सुधार गर्दै आएको उहाँले बताउनुभयो । सामाजिक र संस्कारगत परिवर्तनको गतिलाई अझ तीव्र बनाउन महिलाको सक्षमता अभिवृद्धि, पेसागत दक्षता विकास र नेतृत्व तहमा महिलाको सहभागिता बढाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका महिला चिकित्सकलाई सङ्घले सम्मानको सुरुवात गरेको बताउनुभयो । नेपाली चिकित्सकहरूले कोभिड नियन्त्रणमा समेत ठूलो भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

सङ्घका पूर्वअध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डा. केदारनरसिंह केसीले सम्मानित हुनुभएकाहरूले नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पु¥याउन सफल व्यक्तित्व भएको बताउनुभयो । सम्मानित हुनुभएका पूर्वसचिव डा. सुधा शर्माले स्वास्थ्य क्षेत्रमा महिलाको पहुँच कम रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपतिबाट सम्मानित हुने १५ महिला चिकित्सकहरूमा डा. दिव्याश्री मल्ल, डा. रीता थापा, डा. सरस्वती पाध्ये, डा. सुधा शर्मा, डा. किरण रेग्मी, डा. राधा शाह, डा. आशा सिंह, डा. कुशुम थापा, डा. सङ्गीता भण्डारी, डा. दिव्या सिंह शाह, डा. चन्दा कार्की, डा. सानुमैया दली, डा. अचला वैध, डा. तारा मानन्धर र डा. सुधा अग्रवाल हुनुहुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu