Connect with us
Kapilvast Forest

बाढी पहिराले पुर्‍याएको क्षति निरीक्षणकालागि ऊर्जा मन्त्री भुसाल र प्रचण्ड मनाङ

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ- बाढी पहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिवार हिमाली जिल्ला मनाङ जानुभएको छ ।

असार १ गतेको बाढी पहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उहाँहरू जानुभएको हो । सो टोलीमा पूर्व प्रधानमन्त्री दाहाल, ऊर्जा मन्त्री भुसालसँगै पूर्व मन्त्री द्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायत जानुभएको छ । टोलीले मनाङमा बाढी पहिराले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । मर्स्याङ्दी नदीमा आएको बाढी पहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीको सम्बन्धमा छलफल हुने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu