Connect with us
Kapilvast Forest

निःशुल्क पाइने औषधिका बारेमा नागरिकलाई जानकारी छैन, म्याद सकिएर

२०७८, २४ श्रावण आईतवारमा प्रकाशित

राष्ट्रिय सभाकी सांसद नन्दा चपाईले सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँगध्यानाकर्षणको माग गर्नुभएको छ ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसूति गृह अस्पतालको निर्माण गर्न सरकारको

गराउनु भएको हो ।

सांसद चपाईले निःशुल्क पाइने औषधिको सूची आम नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नु भयो, ‘केही औषधि निःशुल्क पाइन्छ भन्ने सुनिन्छ । तर कहाँ र कसरी पाइन्छ ? नागरिकलाई जानकारी छैैन । भएका निःशुल्क पाइने औषधि पनि समय अवधि सकिएर डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ । यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ । म सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– त्यस्ता निःशुल्क पाइने औषधिको सूचीसहितको नामाकरण नागरिकले थाहा पाउने गरी जानकारी गराइयोस् ।’

सांसद चपाईले दुर्गम क्षेत्रका नागरिकका लागि सडकलगायतका भौतिक पूर्वाधार निर्माणको काममा जोड दिन सरकार लाग्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सडकलगायतका भौतिक पूर्वाधारको अभावमा दुर्गम क्षेत्रका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu