Connect with us
Kapilvast Forest

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय एक वर्ष थप

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

पोखरा -पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले समयमै सम्पन्नका लागि द्रूत गतिमा काम गरेका छौँ तर कोभिड–१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युमेन्टको कारणले समय धकेलिन पुग्यो ।” उहाँले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रुपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले पनि ४०० को हाराहारीले काम गरिरहेकाका छन् । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल रु २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको र सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।

आयोजनका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युवमेन्ट जडान, पाइपलाइन विच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उहाँले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६०० स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६०० स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६०० स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा तीन हजार १०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल ¥याडर, घर स्टेशनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमास्थलले जम्मा तीन हजार ७९९ रोपनी क्षेत्रफलमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu