Connect with us
Kapilvast Forest

मनसुनी वायुको प्रभाव: भीषण वर्षाको सम्भावना

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं -मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार बिहान देशका अधिकांश भूभागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेश को एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ राति पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ को एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu