Connect with us
Kapilvast Forest

सानिमा लाइफको आईपीओ २४ लाख १९ हजारले भरे, १९ लाखको हात खाली हुने

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्समा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिनेको संख्याले नयाँ रेकर्ड राखेको छ। सानिमामा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिएका छन्।

आइतबार अन्तिम दिनसम्ममा ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लख ७२ हजार ८६८ जनाले आवेदन दिएका थिए।

सानिमा लाइफको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ। गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। यसमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट कुल ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन्। १८ लाख ७९ हजार १२७ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu