Connect with us
Kapilvast Forest

एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी विजयी

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

एजेन्सी -एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) विजयी बन्नु भएको छ । शनिबार कोपनहेगनमा भएको विद्युतीय मतदानमा अधिकारी १८० मत ल्याई विजयी हुनु भएको हो । अध्यक्षका प्रत्यासी शिव कार्कीले १४२ मत र दीपकराज रिजालले ८७ मत पाए। ४६३ पंजीकृत सदस्यहरुमध्ये ४०९ जनाले मतदान गर्नु भएको थियो ।

उपाध्यक्षमा राधाकृष्ण सापकोटा (आरके) र सुनिल विराजी यादव, महासचिवमा महेशसिंह खत्री, सचिवमा शालिकराम शर्मा, कोषाध्यक्षमा मोहन के।सी निर्वाचित हुनु भएको हो । सदस्यहरुमा प्रदीपकुमार पाण्डे, भुवन खड्का, केशवनिधि पन्त, नरेन्द्र बहादुर पौडेल र नारायण गौडेल विजयी हुनु भएको छ ।

आइसीसी सदस्यमा अशोक शर्मा, महिला उपाध्यक्षमा जमुनादेवी रिजाल कंडेल, महिला प्रतिनिधिमा मनिषा सिंह, युवा प्रतिनिधिमा गुरुदत्त लामिछाने, महिला सदस्यहरुमा रितादेवी कंडेल मिश्र र विमला शर्मा खरेल निर्विरोध निर्वाचित हुनु भएको छ ।

शनिबार अनलाइनमार्फत निर्वाचन गर्दै मत परिणाम सार्वजनिक भयो भने आइतबार सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको थियो।नवनिर्वाचित अध्यक्ष अधिकारीले एनआरएन डेनमार्कको आर्थिक पारदर्शितालाई कायम गर्दै डेनमार्कवासी नेपाली समाजको हितका लागि कृयाशील रहने बताउनु भयो । ‘निर्वाचनमा भाग लिई उपबिजेता बन्नु भएका साथीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । मेरो ज़िम्मेवारी र महत्वपूर्ण अभिभारालाई मेरो विवेक र अन्तरदृष्टिले भ्याएसम्म डगमगाउन दिने छैन भन्ने प्रतिबद्धता प्रकट गर्दछु,’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu