रमुवादहमा फुटबल प्रतियोगिता हुने
कपिलवस्तु-साइनिङ स्टार युवा क्लबले कृष्ण जन्म अष्टमीको अवसरमा गाउ स्तरीय नक आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शिवगढी ,कृष्ण मन्दिर ,लगायत समग्र वडा न ९ को भाषा सस्कृतीको संरक्षण प्रचार प्रसारको लागी भन्दै साइनिङ स्टार युवा क्लबले केही बर्ष अघिबाट प्रतियोगिता को शुरु गरेको हो ।
२०६७ साल असार २५ गते १० बर्षका सागर रोका मगरले अष्टधातु जडित कृष्ण मुर्ती फेला पारे लगत्तै रमुवादहमा अष्टमीको दिन भगवान कृष्णको दर्शन गर्न दर्शनार्थीको भिड लाग्ने गरेको थियो । यस भन्दा पहिले पुजा आज र नाच गान आयोजना गर्देैे आएको क्लबले कोरोना महामारीका कारण गत बर्ष खेल र मन्दिरको गतिविधि स्थगित गरेको थियो ।
यो बर्ष भने कोरोना महामारी कम भएका कारण प्रयिोगिताको आयोजना गरीएको बताईएको छ । प्रतियोगिता स्वस्थ्यका मापदण्द पालना गर्दै आयोजना गरीने आयोजकले जानकारी दिएको छप्रतियोगिताको बिजेताले नगद रु १५,००० कप मेडल र प्रमाणपत्र उपबिजेताले नगद रु७,००० मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।