Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक संसदमा वलीको धम्कियुक्त बोली

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

काठमाडाैँ- प्रतिनिधि सभाकाे आज मंगलबारकाे बैठकमा प्रधानमन्त्रीबाट निवर्तमान भए पछि पहिलो पटक उपस्थित भएर एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी वलीले बिबिध बिषयमा आफ्नो धारणा राखेका छन् ।

अघिल्लो सरकारका कामहरुलाई निरन्तरता दिन धम्कियुक्त भाषा प्रयोग गर्दै केपी वलीले अघिल्लो सरकारले लोडसेडिंग मुक्त बनाउने कुलमानलाई हटाएकोमा वर्तमान सरकारले पुनरनियुक्ती गर्ने प्रक्रियाको बिरोध समेत गरेका छन् ।

वलीले अघिल्लो सरकारको कामको निरन्तरताको याचना गर्दा यति होल्डिंग्स ,ओम्नी , सेक्युरिटी प्रिन्टिंग प्रेश, वाईड बडी जहाज काण्डलाई पनि वर्तमान सरकारले निरन्तरता दिनु पर्ने वलीको भनाई देखिन्थ्यो ।

वलीले आफ्नो दलका बिद्रोहि साँसदहरुलाई मन्त्री बनाउन ब्याँगात्मक आग्रह समेत गरेका छन् । डेढ बर्ष पछि असाधारण जनमतका साथ सरकारमा आउने धम्किपूर्ण अभिव्यक्ति दिंदै वलीले प्रधानमन्त्री देउवालाई एमसिसिको बिषयमा ध्यानाकर्षण गराउन समेत भ्याएका छन् ।

वलीले द्वन्दकालका घाईतेहरुको उपचार तथा उपेन्द्र यादवलाइ जनकपुर नरसंहारको बिषयमा छानबिनको कुरा समेत उठाएका छन् ।

वलीले वर्तमान गठबन्धन सरकारलाई स्वार्थको सरकारको संज्ञा दिंदै भारत संग डराएको समेत भन् भ्याएका छन् ।

संसदमा सरकारको बिरोध तथा आफ्नो सरकारका कर्मको जोडदार बचाउ गर्दै सर्वोच्च अदालतले जारी गरेको परमादेशमा समेत वलीले असन्तुष्टी ब्यक्त गरेका छन् ।

वलीले संसदमा प्रकट गरेका अभिब्यक्तीमा निवर्तमान देउवा सरकारप्रतिको दृष्टीकोण, माओवादी केन्द्र प्रतिको आक्रोस, राजपा प्रतिको ईर्ष्या र आफ्नै दलका बिद्रोहि नेता माधब नेपाल प्रतिकाे कुण्ठा प्रस्ट देखिन्थ्याे ।

संसदमा वलीले दिएको अभिब्यक्तिलाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘जो चोर उसैको ठुलो स्वर’ भनि टिप्पणी गरेका छन् ।

उता एमालेमै रहेर संघर्ष गर्ने एमालेका बिद्रोहि नेता माधव नेपाल र उनी संग समर्थक साँसदहरु वलीसंग मिलेर वस्न नसक्ने निष्कर्ष निकाल्दै छुट्टै दल बनाउने र वर्तमान देउवा सरकारमा सहभागी हुने आन्तरिक गृहकार्यमा जुटेको जानकारी स्राेतवाट प्राप्त भएको छ । संभवत भोली बुधवार माधव समुह पनि सरकारमा सहभागिहुने जानकारी निकटस्थहरुले दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu