Connect with us
Kapilvast Forest

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकमा कुलमान घिसिङले नियुक्तिपत्र बुझेका छन् ।

४ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई ४ वर्षका लागि नियुक्त गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रूपमा नियुक्त भएका छन् ।

गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको छ । विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक भने भएको थिएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu