Connect with us
Kapilvast Forest

अधिकार दुरुपयोग गर्दैन,संविधान बमोजिम काम हुन्छ :प्रदेश प्रमुख शेरचन

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

माधव बेल्बासे,चन्द्रौटा-लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशमा केहि खटपट रहेकोले संविधान बमोजिम काम हुने बताउनुभयो । अविश्वासको प्रस्ताव लगाएत केहि विषयवस्तु आएकोले त्यसलाई संविधान बमोजिम अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो ।


बुधवार कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा ,माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि को आमा उमा कुमारी खत्रीको निधन प्रति आयोजित शोक सभामा वोल्दै शेरचनले नेपाली धेरै आमाहरुका कारण देश परिवर्तन सम्भव भएको बताउनुभयो । हजारौ युवाहरुले रगत बगाएर अहिले परिस्थिती प्राप्त भएको र यो सवैधानिक कानूनी रुपमा विगतको तुलनामा निकै राम्रो रहेको बताउनुभयो । 


अहिले तीन तहको सरकार रहेको र स्थानिय सरकार प्रत्यक्ष जनता सँग रहनुले जनताको आवश्यकता पुरा हुने क्रममै रहेको उहाँले बताउनुभयो । प्रमख शेरचनले संविधानले दिएको अधिकारलाई दुरुपयोग गर्न नहुने बताउनुभएको छ । नियम कानून र संविधानकै दुरुपयोग गरि आफ्नो स्वार्थ पुरा गर्न नहुने बताउँदै अधिकार पाए भन्दैमा संविधान मिच्ने अधिकार कसैलाई नभएको जनाउनुभयो । स्वर्गिय आमाले दमन र शोसणलाई अन्त्यको लागि कृयशिल रहनु भएका उहाँका श्रीमानलाई सहयोग गर्नुभएकोमा आमाको योगदान उच्च रहेको बताउनुभयो ।


उहाँका नौ भाइ छोराहरु कुनै न कुनै तवरले समाज सुधारमा लागेको प्रति धन्यवाद दिनुभयो ।नेकपा माओवादि केन्द्रका शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनले स्वर्गीय आमाको जिवनी पढेर सुनाउनुभएको थियो । स्वर्गीय आमाका छोराहरु राष्ट्रिय जनमोर्चा कपिलवस्तुका पुर्व अध्यक्ष, माओबादीको पुर्व राज्य समीती सचिवालय सदस्य, तथा नेकपाका पुर्व जिल्ला कमिटी सदस्य एवम समाजसेवी जगतमान के.सी, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सल्लाकार छन्द बहादुर केसी, माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि विभिन्न सामाजिक क्षेत्रमा सकृय छन् । १९८८ मा प्युठानको ओखरकोटमा जन्मनुभएकी खत्रीको ९० वर्षको उमेरमा आफ्नै निवास शिवराज नगरपालिका १ कलौनीमा साउन १७ गते निधन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu