Connect with us
Kapilvast Forest

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।बुधबार दिउँसो सवा १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।

कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेको जनाउनुभएको छ ।

साथै, संविधान बमोजिम अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मको लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेको समेत विज्ञप्तिमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu