Connect with us
Kapilvast Forest

सुद्धोधनको बजेट ५७ करोड ७३ लाख

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको सुद्धाृेधन गाउपालिकाको आर्थिक बर्ष २०७८÷०७९ कालागि ५७ करोड ७३ लाख ९० हजार ८४ रुपैया अनुमानित बजेट पारित गरिएको छ । गाउपालिकाको लवनी स्वास्थ्य चौकीको हलमा संपन्न छैठो गाउ सभाले सो बजेट पारित गरेको हो ।

गाउपालिका अध्यक्ष निसार अहमद खाले प्रस्तुत गरेको बजेटमा ८ करोड ५० लाख प्रशासनीक खर्च, २८ करोड ७४ लाख पुजीगत खर्च, सशर्त तर्फ २० करोड २२ लाख तथा प्रकोप ब्यवस्थापन कोष मौज्दातमा २७ लाख १३ हजार बिनियोजित गरिएको छ । सो अवसरमा अध्यक्ष खाले बार्षिक नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो ।

आवधिक योजना तथा दीगो विकास नीति, राजस्व तथा श्रोत परिचालन समिति, नीति, आर्थिक विकास नीति तथा कार्यक्रम, भौतिक पुर्वाधार तथा विकास सम्बन्धी नीति तथा कार्यक्रम रोजगारी तथा सामाजिक सुरक्षा सम्त्रन्धी नीति , सामाजिक विकास संबन्धी नीति पातिर भएको छ । यस्तै लैगीक हिंसा तथा सामाजिक समाबेशीकरण सम्बन्धी नीति, वन वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धी नीति तथा सेवा प्रवाह सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति समन्वय र सहकार्य सम्बन्धी नीति समेत पातिर भएको थियो ।

सो अवसरमा अध्यक्ष खाले सीमिति श्रोत र साधनका बावजतु गाउपालिकाको प्रत्येक वडामा समानुपातिकरुपमा बजेट र कार्यक्रम लगीएको बताउनु भयो । आफनो यो कार्यकालको अन्तिम तथा पाचौ बर्षमा सबैले मिहीनेत र जोड लागएर काम गर्नु पर्ने बताउनु भयो ।

सानो गाउपालिकालाई नमुना र उत्कृष्ठ बनाउन हामीले मिलेर काम गर्नु पर्छ उहाँले भन्नु भयो । सो अवसरमा उपाध्यक्ष सुधादेबी पाण्डेयले सबै मिलेर काम गरेकाले विकास सबै गाउमा पुगेका बताईन । अध्यक्ष खाको अध्यक्षता ईश्वरी प्रसाद न्योपानको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, लेखा अधिकृत रिषि अर्याल वडा वडाअध्यक्ष तिलकराम यादव लगायतले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu