Connect with us
Kapilvast Forest

कीर्ते नागरिकता बनाउने ज्वाइँ ससुरासहित तीन जना जेल चलान

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

jel

सप्तरी – ज्वाइँलाई छाेरा भनेर नागरिकता बनाइदिएकाे आराेपमा ससुरासहित तीन जना जेल चलान भएका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले भारतीय नागरिकलाई कीर्ते कागजात बनाएर नागरिकता बनाइदिएकाे आराेपमा ज्वाइँ ससुरासहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएकाे जानकारी दिनुभएकाे हाे ।

राजविराज नगरपालिका-१५ बस्ने ससुरा देवेन यादव, उनका ज्वाइँ शिवनन्दन यादव र कीर्ते कागजात तयार पार्ने सञ्जिव कुमार यादव जेल चलान भएका हुन् ।

सप्तरी जिल्ला अदालतमा मुद्दाको सम्पूर्ण अनुसन्धानपछि सक्कलै मिसिल कागजातहरु पेस गरेकाे आधारमा प्रहरीले उनीहरुसहित सुरेश कुमार यादवलाई पक्राउ गरेकाे थियाे । सुरेश कुमार यादवलाई दाेषी नदेखिएपछि छाडिएकाे प्रहरीले जनाएकाे छ ।

सञ्जिव कुमार यादवसँग मिलेमतो गरी राजविराज नगरपालिका-१५ का वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत कीर्ते खडा गरी कागजातहरु तयार पारेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको बेला उनीहरु पक्राउ परेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu