Connect with us
Kapilvast Forest

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

bp_koirala_dharan_hospital

 

धरान — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेको छ ।प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो ।

अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात लिएको हो । अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरिरहेको छ ।

‘बीपी प्रतिष्ठानको खरिद र निर्माण उजुरी परेको सम्बन्धमा छानबिनका लागि हामी आएका हौं छानबिन सुरु गरेका छौं । केही दिन सम्म लाग्छ । केही कागजहरु लिएर गएका छौं,’ एसएसपी तामाङले भन्नुभयो ।प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu