मुख्यमन्त्रीमा केसी नियुक्त, शपथ ४ बजे
काठमाडौं-लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुँदैहुनुन्छ । प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट मात्रै नयाँ सरकार गठनका लागि दाबी परेका कारण केसी नै मुख्यमन्त्री बन्ने निश्चित छ।
एमाले अल्पमतमा रहेकाले एमालेले सरकारका लागि दाबी नगर्ने जनाएका कारण उहाँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८९२० बमोजिम आज दिउसो ३ बजेसम्मको समय दिएनुभउको थियो ।
३ बजेपछि प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुहुने छ । त्यसपछि ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय भइसकेको छ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्जीवि पौडेलले ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको बताउनुभयो ।गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेका केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुनुन्छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।
गठबन्धनबाट मन्त्री बन्नेको चाहना धेरै सांसदको रहेकाले दलले निर्णय गरिसकेका छैनन्। तर, कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीबाट सहसराम यादव मन्त्री बन्ने करिब टुंगो लागेको छ।