काठमाडौं- इँटा भट्टामा मजदूरलाई जिउँदै जलाएका आरोपमा थुनामा राखेका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्चमा आज सुनुवाई हुँदैछ ।जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा आज सुनुवाई हुन लागेको हो । आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह र उतर कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाईका लागि पेसी तोकिएको छ । यसअघि पटक-पटक सो मुद्दा सुनवाईमा चढेको थियो ।
२०६४ सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवित मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारको जोहरीपछि तत्काली केपी ओली सरकारको पालामा उनीविरुद्धको मुद्दा अघि बढेको थियो ।