Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशका दुई सांसद शाही र वलीलाई कारबाही प्रक्रिया अघि बढाइयो

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

नवलपरासीका शाही चार दलीय गठबन्धन सरकारमा विना विभागीय मन्त्री बनेका छन् भने दाङकी वलीले आफू माओवादीमा सामेल भएको बताउनुभएको छ ।

एमाले लुम्विनी संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोध्नुभएको छ भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पहिले नै स्पष्टीकरणको पत्र पठाउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu