Connect with us
Kapilvast Forest

नरैनापुर गाउँपालिका किसानलाई पेन्सन दिने पहिलो पालिका बन्यो

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

 

वाँके – नरैनापुर कृषक पेन्सन’ कार्यक्रम सुरु गरेको छ । किसानलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत मासिक ५ सय रुपैयाँका दरले ‘कृषक पेन्सन’ को व्यवस्था गरिएको छ ।

व्यावसायिक खेती गरिरहेका कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा पेन्सन दिइने गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले बताउनुभयो  । कार्यक्रममा १ हजार किसान समेटिने छन् । ‘यहाँ अहिले पनि परम्परागत रूपमा खेती हुँदै आएको छ । कृषि प्रविधिको विकाससँग किसानलाई पनि जोड्न खोजेका हौं,’ भण्डारीले भन्नुभयो  । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा नै कृषक पेन्सन कार्यक्रम समावेश गरिएको हो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu