थपिए ३९१५ कोरोना संक्रमित, थप २७ जनाको मृत्यु
काठमाडौं –नेपालमा आज ३ हजार ९१५ जनामा कोरोना भाइरसका संक्रमति थपिएका छन् । १८ हजार ५८२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ८९ जनालाई संक्रमण देखिएको छ।त्यस्तै २ हजार ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना मुक्त भएका छन्।यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।