Connect with us
Kapilvast Forest

आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाइ सर्‍याे

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

  काठमाडौं– सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज शुक्रवार सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीश रेग्मीले त्यस मुद्दाकाे सुनुवाइ गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गर्नुभएको रहेछ, त्यसले गर्दा त्यस मुद्दाको सुनुवाइमा हेर्न मिलेन ।

रौतहट जिल्ला अदालतको थुनामा रहेका आलमकाे ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । त्यस निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै त्याे मुद्दा सर्वोच्चमा आएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu