Connect with us
Kapilvast Forest

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता!

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।गएको असार ३१ गते संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर एक महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि सरकारको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ ।

प्रमुख विपक्षी नेकपा एमालेले अब मन्त्रिपरिषद् बिस्तारका लागि पनि अदालतबाट परमादेश माग गर्न आग्रह गर्दै खिल्ली उडाउन सुरु गरेको छ । एमाले सांसद महेश बस्नेतले फलाना फलाना व्यक्तिलाई मन्त्री बनाइ पाउँ भनि अदालतमा रिट हाल्न सत्तारुढ गठबन्धनलाई आग्रह गर्नुभयो ।एक महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि विपक्षी मात्रै हैन प्रधानमन्त्री देउवाकै दल नेपाली कांग्रेसभित्रैबाट पनि नेताहरुले प्रश्न उठाएका छन् ।

आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् किन बिस्तार गर्न नसकेको भन्दै पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवालाई प्रश्न गर्नुभयो ।

जवाफमा देउवाले त्यस सम्बन्धनमा दलहरुबीच छलफल चलिरहेको बताएको श्रोतले जनाएको छ । यता देउवा निकट कांग्रेस नेता एनपी साउँदले एमालेको माधवकुमार नेपाल समूहलाई सत्तामा ल्याउने प्रयास भैरहेकाले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई भएको बताउनुभयो ।

सरकार निर्माणमा महत्वपूर्ण सहयोग रहेको माधव समूहलाई सरकारमा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।श्रोतका अनुसार एमाले फुटाएर भए पनि माधव समूहलाई सरकारमा ल्याउने कसरतमा कांग्रेस र माओवादी लागिरहेकाले सरकार बिस्तारमा ढिलाई भएको हो ।

एमाले एकताको ढोका लगभग बन्द भैसकेकोले अब अध्यादेश ल्याएर माधव समूहलाई नयाँ पार्टी निर्माण गर्न समय दिने र त्यसपछि मात्रै मन्त्रिपरिषद बिस्तार गर्ने योजनामा सत्ता गठबन्धन छ ।माधव समूहका नेता मेटमणि चौधरीले पनि नयाँ दल निर्माण भएपछि मात्रै आफूहरु सरकारमा जाने संकेत गर्नुभयो । त्यसका लागि अब धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।

तर यता कतिपय विपक्षी नेताहरुले भने देउवा सरकारले पनि संसद विघटन गरेर देशलाई चुनावमै लैजाने तयारी गरिसकेको सूचना पाएको दाबी गरेका छन् ।सूर्य चिन्हबाट चुनाव लडेर ओली सरकारमा मन्त्री बन्नुभएका नेता ह्ृदयश त्रिपाठीले लामो समय सत्ता सञ्चालन गरे लोकप्रियता घट्ने निष्कर्ष देउवाले निकालिसकेको दाबी गर्नुभयो ।

कार्तिक मंसिरमा संसद विघटन गरेर वैशाखमा चुनाव गराउने तयारीमा देउवा रहेको सूचना आफूलाई प्राप्त भएको उहाँले बताउनुभयो ।सत्ता गठबन्धनका नेताहरुले माधव समूहका कारण मन्त्रिपरिषद् बिस्तार हुन नसकेको दाबी गरिरहे पनि स्पष्ट कारण त्यतिमात्रै हैन । किनभने माधव समूहलाई ठाउँ खाली राखेर पनि मन्त्रिपरिषद् बिस्तार गर्न सकिन्थ्यो ।

मन्त्री बनाउन दबाब दिनेहरुको भिड छिचोल्न नेतृत्वलाई परिरहेको सकस नै मन्त्रिपरिषद्ले पूर्णता नपाउनुको प्रमुख कारण हो ।प्रचण्डले मन्त्री बनाउन दबाब दिनेहरुले आफ्नो दिमाग खराब गरिसकेको सार्वजनिक रुपमा बताउनुले पनि यो कुरामा बल पु¥याउँछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu