Connect with us
Kapilvast Forest

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौँ– साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आईपीओ) आज बाँडफाँट भएको छ ।सानिमा लाइफको कार्यालय दरबारमार्गमाआज बिहान आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो ।

उक्त आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा ६.८४ गुणाले ओभर सब्सक्राइब भएको हो ।आवेदन दिएका मध्ये करीब २० लाखको हात खाली भएको बिक्री प्रबन्धक कार्य प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu