Connect with us
Kapilvast Forest

शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ।महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहेका बाबुराम थापाको पहलमा सहमति जुटेको हो। अध्यक्ष थापा शिक्षण सेवाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि विधानतः अध्यक्ष पदमा निरन्तरता रहने वा नरहने भन्ने विवाद उत्पन्न भएको थियो।

थापाले प्रतिनिधित्व गर्ने सङ्गठनबाट हाल महासङ्घका उपमहासचिव तुलाधरलाई सिफारिस गरेको थियो भने सो निर्णयलाई अन्य घटकले समर्थन गरेका थिए। यस नेतृत्वले आगामी तीन महिनाभित्र महाधिवेशन गर्नुपर्नेछ।

शिक्षा क्षेत्रमा सुधारका लागि लगानी वृद्धिलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको छ। पद हस्तान्तरण कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत उपस्थिति थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu