Connect with us
Kapilvast Forest

हैटीमा भूकम्पले कम्तिमा ३ सय ४ को मृत्यु, १८ सयभन्दा धेरै घाइते

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

एजेन्सी –  शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ ।

हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गर्नु भएको छ । उहाँले यस भूकम्पका कारण ठूलो क्षति भएको बताउनु भयो ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ । यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो ।२०१० को भूकम्प ७ म्याग्निच्यूडको मात्रै थियो र त्यसबेला २ लाख मानिको मृत्यु भएको थियो। साथै पुनर्संरचनाका लागि खर्बौँ डलर खर्च गर्नुपरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu