Connect with us
Kapilvast Forest

एमाले लुम्बिनीका दुई सांसद माधव पक्षमा खुले,अध्यक्षबाट राजीनामा दिन ओलीलाई आग्रह

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

बुटवल -नेकपा एमालेका दुईजना लुम्बिनी प्रदेशसभा सदस्य माधवकुमार नेपाल पक्षमा खुल्नु भएको छ । सांसदहरु बिष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा खुल्नु भएको हो ।

उहाँहरु नेपाल समूहका सांसद भएको बताइएपनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुल्नु भएको थिएन । एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर बहिर्गमन भएसँगै उनीहरु नेपाल समूहमा खुल्नु भएको हो ।

नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी हुनुन्थ्यो । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हो भने घर्ती पाल्पाकी समानुपातिक सांसद हुनुन्छ । लुम्बिनी प्रदेश सभामा एमालेसँग ३७ सांसद हुनुन्छ । २ जना नेपाल पक्षमा खुल्नु भउको छ ।

यता शनिबारको नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ । दुईरदुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको राजु गुरुङले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu