Connect with us
Kapilvast Forest

बाढीले बगाउँदा बेपत्ता पौडेलको चौथो दिनमा शव फेला

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका  ९ चौवहा र कपिलधाम जोड्ने नदिको कब्जे माथिबाट आएको बाढीले बगाउँदा बेपत्ता भएका पशुपति पौडेलको शव फेला परेको छ ।  आज चौथो दिनका दिन महाराजगन्ज नगरपालिका १० हर्दौनामा पौडेलको शव भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

 

स्थानीयले एउटा शव देखेको भने उक्त ठाउँमा खोजि गर्दा पौेडेलको शव भेटिएको कपिलवस्तु प्रहरी डिएसपि धर्मराज भण्डारीले बताउनु भएको छ । हर्दौना अन्तरगत पर्ने महाराजगन्ज नगरपालिकाको वार्ड न ८ सिमरा क्षेत्र भित्र उक्त शव फेला परेको जानकारी दिएको छ ।

पौडेललाई साउन २८ गते बिहीबार दिउँसो नदी पार गर्ने क्रममा कोईली पुल माथिबाट नै बगाएको थियो ।पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिदै गरेको प्रहरीले जान्कारी गराएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu