Connect with us
Kapilvast Forest

नवलपुर ,गोरखा र मकवानपुरमा निषेधाज्ञा थपियो

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-नवलपुरमा भदौ १० गते सम्म निषेधआज्ञा थप भएको छ ।आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारीस अनुसार निषेधआज्ञाको समय बढाएर भदौ १० गते सम्म पु¥याईएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले जानकारी दिए । थप गरिएको निषेधआज्ञामा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिईएको भुसालले बताउनु भयो ।यस अघि साउन १८ गते थपिएको निषेधआज्ञाका आज राती १२ बजेबाट सकिदै थियो ।

त्यस्तै मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ । आज आइतबार बसेको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उक्त निर्णय साउन ३२ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि गत साउन २३ गतेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको थियो । मकवानपुरमा निषेधाज्ञा लम्बिए पनि बजार खुल्ला गर्ने समय भने बढाइएको छ ।

उक्त बैठकले अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल व्यवसाय विहान ५ बजेदेखि विहान १० बजेसम्म र अन्य व्यवसायहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार, अत्यावश्यक खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने व्यवसायहरु बिहान ५ बजेदेखि विहान १० बजेसम्म खोल्न अनुमति दिइएको छ ।

उता गोरखामा कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै निषेधाज्ञा लम्ब्याएको छ ।आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि ११ गतेसम्म निषेधाज्ञा थप गर्दै कडाइ गरेको हो ।

 

जिल्लामा कोरोना संक्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘यसअघिको बैठकबाट यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेका थियौ,’ उहाँले भन्नु भयो , ‘आज बैठक बसेर भदौ ११ सम्म लम्व्याउने निर्णय भयो ।’ थप गरिएको अवधिमा निषेधाज्ञामा कडाइ गरिने उहाँले जानकारी दिनु भयो ।

उनका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशस बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य सबै पसलहरु भने बन्द रहने छन् । औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।

बैठकले गरेको निर्णय अनुसार सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाको सेवा प्रवाह बन्द हुनेछन् । बैकको हकमा गोरखा नगरपालिका भित्रका बैकले सम्पर्कको आधारमा आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् । अन्य पालिकाको हकमा सम्बन्धित पालिकाको निर्णय अनुसार बैकको सेवा सञ्‍चालन हुने बताइएको छ ।

अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले सेवा पनि ठप्प हुने भएको छ । स्वास्थ्य, सुरक्षा, खानेपानी, बिद्युत, संचार, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यवाश्यक सेवाहरु भने बन्द नहुने बताइएको छ । भौतिक रुपमा उपस्थित भइ हुने पठनपाठन, परिक्षा लगायतका शैक्षिक गतिविधी गर्न पनि रोक लगाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu