Connect with us
Kapilvast Forest

नवनियुक्त रेफ्री निर्देशक गौतम कर काठमाडौं आइपुग्नुभयो

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं-अखिल नेपाल फुटबल संघ(एन्फा)ले नियुक्त गरेको रेफ्री निर्देशक गौतम कर काठमाडौं आइपुग्नुभएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नवनियुक्त निर्देशक करलाई एन्फा कम्प्लेक्समा स्वागत गर्नुभएको छ ।

भारतीय नागरिक कर फुटबलको सर्बोच्च निकाय फिफाका पूर्ब रेफ्री समेत हुनुहुन्छ । रेफ्रीको भूमिकामा उहाँको ४० वर्षको अनुभब छ । सन् १९९७ मा अन्तर्राष्ट्रिय खेलमा रेफ्रीको भूमिकाबाट सन्यास लिनुभएका करले त्यसयता रेफ्री प्रशिक्षकको रुपमा कार्यरत रहनुभएको थियो ।

उहाँले रेफ्री निर्देशकको भूमिकामा भारत र भुटानमा करिब नौ वर्षसम्म काम गर्नुभएको छ । भारतमा ब्यवसायिक रेफ्री कार्यक्रमको सुरुवात गराउनुमा उहाँको ठूलो योगदान रहेको छ ।अखिल नेपाल फुटबल संघ(एन्फा)ले उहाँसँग एक वर्षे अनुबन्धन सम्झौता गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu