वाणगंगाको जलेश्वर धाममा शिवको मूर्ति अनावरण
पशुपति गिरी ,कपिलवस्तु – वाणगंगा नगरपालिका वडा नं.८ जलेश्वर धाममा शिवको मूर्तिको अनावरण गरिएको छ । सोमबार निमार्ण समिति जलेश्वर धामका अध्यक्ष कुलचन्द्र पराजुली र वडा अध्यक्ष गुणानिधी भुषालले पुजाआज गरि उक्त मूर्तिको अनावरण गनुभएको हो ।
भारतको राजस्थान बाट ल्याइएको शिव मूर्ति करिब ५ फिट उचाइ रहेको छ । जलेश्वर धाम सँगै मधुवन धाम विपसना केन्द्र , कोषोतथागत आश्रम, ओसो धाम,ब्रमकुमारीराज केन्द्र,नागेश्वर मन्दिर,वाणगंगा दुर्गा मन्दिर सहित धेरै महत्वपुर्ण र ऐतिहासिक स्थानले वडा नं. ८ लाई तिर्थ र धामको पवित्रस्थलको रुपमा विकास गरिरहेको वडा अध्यक्ष भुषालले बताउनु भयो ।
पछिल्लो समय विप्सना केन्द्रमा देशभका बिभिन्न जिल्लाबाट बिपसना गर्नेहरु बढ्दै गएको उहाको भनाई छ । जलेश्वर धाममा धर्मशाला निमार्ण गरि भोजन व्यवस्था सहित विकाश गरि बिभिन्न ठाउबाट आउने भक्तजनहरुको लागी भोजन र आवासको व्यवस्था सहित दर्शन गर्ने गरि गुरुयोजना वडाले तयार गर्दै गरेको अध्यक्ष भुषालले बताउनु भयो । ओसो आश्रम अन्तराष्ट्यि स्तरको ध्यान साधनाको रुपमा निमार्ण भइरहेको छ ।
ओसो तथागर्त आश्रमका समरक्षक स्वामी ध्यानगंगनले गंगाजलमा मूर्तिको स्नान गराउनु भएको थियो । मूर्ति स्थापनाले जलेश्वर धामको सुन्दरता संगै तिर्थको रुपमा थप विकाश हुने जलेश्वर धामका उपाध्यक्ष घनश्याम पौडेलले बताउनु भएको छ । जलेश्वर धामले वाणगंगा नगरको पर्यटनको विकाशमा पनि ठुलो योगदान गरेको संस्थाका सचिव गोविन्द थापाले बताउनु भयो ।