Connect with us
Kapilvast Forest

सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं -नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउनुहुने भएको छ ।यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयोजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकोले सीपीएल गुमाउनुहुने भएको छ ।

यसअघि भिसा समस्याका कारण सन्दीपले टी(२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाउनु भएको थियो ।सीपीएल यक अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा आयोजना हुँदैछ । त्यसका लागि सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो ।

तर सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकोले सीपीएल खेल्न नभ्याउने हुनु भएको छ ।सीपीएलले मंगलबार अपडेट गरेको टिम लिस्टमा पनि सन्दीपको नाम छैन ।

ट्रिनबागोले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेको छ । सम्भवत उहाँ सन्दीपकै स्थानमा टिममा अनुबन्ध हुनु भएको छैन ।आईसीसी विश्वकप लिग २ को ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ ।

केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकोले नेपाल केही चाँडै जान लागेको हो ।नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा खेल्ने पक्का भइसकेको छ ।
स्तै नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय छ ।सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चौथा‌ संस्करणबो एभरेस्ट प्रिमियर लिग खेल्नुहुने छ ।यसपटक उनी काठमाडौं किंग्स(११ को कप्तानको नियुक्त हुनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu