Connect with us
Kapilvast Forest

संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

gagan

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ –‘संसद अधिवेशन हठात् अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत,आज गलत,सधैं गलत,जसले गरे पनि गलत ।’

नेता थापाले हिजो केपी शर्मा ओलीले यसरी अध्यादेश ल्याउँदा गलत भन्ने र त्यस विरुद्ध उभिने जो कसैलाई पनि आज अध्यादेशको समर्थन गर्ने हक नभएको बताउनु भएको छ । यदि अहिले अध्यादेशको समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने थापाको भनाइ छ ।

यस्तै, उहाँले लेख्नु भएको छ– ‘यसअघि यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu