बिजयनगरमा थपियो १ वटा रेडियो श्रोता समूह
कपिलवस्तु -पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत कपिलवस्तुको बिजयनगर गाउपालिकामा पुनह एकवटा रेडियो श्रोता समूह गठन भएको छ । परियोजना अन्तर्गत ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपालले बिजयनगर गाउपालिका वडा नं ३ पत्थरदेईयामा एकता रेडियो श्रोता समूह नाम राखि गठन गरेको हो ।
उक्त एकता रेडियो श्रोता समूहको संयोजकमा कृष्ण पौडेल ,सहसंयोजकमा श्याम कुमारी बिश्वकर्मा ,सचिवमा पबित्रा राई र सहजकर्तामा श्रीषा आचार्यलाई छनौट गरि चयन गरिएको छ । भने अन्य सदस्यहरुमा रहुनभएको छ । समूहमा २७ जना सदस्यहरु चयन हुनुभएको छ ।
ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका पारस्परिक जवाफदेहिता परियोजनाका लागि जिल्लाका अभियान अधिकृत मनोजराज पन्थीले श्रोता समूह गठन किन गरिएको हो ? यसको मूख्य उद्देश्य ,गर्नुपर्ने काम लगाएतका बिषयबस्तुहरु माथि समूहलाई जानकारी गराउनुभएको थियो ।
समूहलाई सक्रिय बनाएर अघि बढाउने र आफनो गाँउठाउँको बिकासको लागि काम गर्ने समूहमा आवाद्ध रहेकाहरुले प्रतिबद्धता जनाएका छन । आफ्नो गाँउठाउँमा शिक्षा ,स्वास्थ्य र कृषिमा ब्यापक समस्या रहेको भन्दै अब यस समूहको मार्फत ति समस्या समाधानका लागि काम गर्ने संयोजक कृष्ण पौडेलले बताउनुभयो ।
आफ्नो गाँउठाउँमा यस्तो खालको समूह गठन हुनु आफैमा राम्रो भएको भन्दै रचनात्मक र सिजनशिल काम गरि अघि बढ्ने सहजकर्ता श्रीषा आचार्यले बताउनुभयो । अब यस समूह संगै बिजयनगर गाउपालिकामा ३ वटा रेडियो श्रोता समूह गठन भएका छन ।