Connect with us
Kapilvast Forest

अध्यादेश जारी भएसँगै नेपाल समूह छलफलमा

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन् ।नयाँ बानेश्वरस्थित एक होटलमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ । सरकारले हिजो सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेसँगै नेपाल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।सो समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको नेपाल निकट नेताहरुले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu