टेस्ट वरीयताको दोस्रो स्थानमा रुटको फड्को
एजेन्सी-भारतविरुद्ध लर्डस टेस्टमा घरेलु टोली इंग्ल्यान्ड पराजित भए पनि कप्तान जो रूटले भने वरीयतामा फड्को मार्नु भएको छ । उहाँ टेस्टतर्फको वरीयता क्रमको दोस्रो नम्बरमा उक्लिनु भएको छ ।
उहाँले पहिलो पारीमा खेलेको अविजित १ सय ८० रनको शतकीय इनिङ्सले उहाँलाई टेस्ट वरीयतामा माथि उठाएको हो। यसअघि उहाँ वरीयता क्रमको पाँचौ स्थानमा हुनुन्थ्यो ।
वरीयताको शीर्षमा भन्नु भयो न्युजिल्यान्डका कप्तान केन विलियमसन हुनुन्छ । उहाँ ९ सय १ अंकसहित शीर्षमा हुनुन्छ । अब रुट र विलियमसनबीच ८ अंकको मात्र अन्तर छ। इंग्लिस कप्तानले तेस्रो टेस्टमा यस्तै सानदार ब्याटिङ गरेमा उहाँ वरीयता क्रमको शीर्षमा उक्लने पक्कापक्की जस्तै छ।
आइसिसीको टेस्ट वरीयतामा अस्ट्रेलियाई ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा उक्लिनु भएको छ । त्यस्तै अस्ट्रेलियाकै मार्नस लबुस्चन्जे चौथो स्थानमा रहँदा भारतका ३ ब्याट्सम्यान विराट कोहली, रोहित शर्मा र ऋषभ पन्त क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा हुनुन्छ ।पाकिस्तानका बाबर आजम आठौं वरीयतामा रहँदा अस्ट्रेलियाका डेभिड वार्नर नवौं र दक्षिण अफ्रिकाका क्विन्टन डेुकक दशौं वरीयतामा रहनु भएको छ ।