Connect with us
Kapilvast Forest

रेल्वे कम्पनीको महाप्रवन्धकमा माधव समूहका युवा नेता झा नियुक्त

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ ।

नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई हिजो बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धक नियुक्त गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो ।

उहाले स्पष्टीकरण नदिई राजीनामा दिनु भएकाे थियाे । एमाले फुटाएर एमाले समाजबादी गठन गरेपछि माधवकुमार नेपाल पक्षले धमाधम नियुक्ति पाउन थालेको छ । यसअघि हिजैको मन्त्रिपरिषद बैठकले वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu