कपिलवस्तुमा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद
कपिलवस्तुमा-कपिलवस्तुमा सशस्त्र प्रहरीले एक बर्षको अवधिमा सवा ५ करोडको अवैध सामान बरामद गर्न सफल भएको छ ।सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७ र ०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको हो ।
सीमा सुरक्षा लगातयका आफ्नो नियमति कामसहित गत आर्थिक वर्ष सशस्त्र प्रहरीले ५ करोड २३ लाख ८ हजार २७० रुपैयाँको अवैध मालसामान लगातयका बस्तुहरु बरामद गरेको हो।
नेपाल प्रहरीले पनि सो अवधिमा ५ करोड ७० लाखको अवैध मालसामान बरामद गरेको थियो। सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्की अनुसार गत वर्ष भारतबाट चोरी नाका हुँदै जिल्ला भित्र्याइएका १ करोड ६३ लाख ७९ हजारको मालसामान जफत गरी भन्सार बुझाइएको थियो। यस्तै सवारी साधनबाट १ करोड २२ लाख ६७ हजार, अवैधरुपमा भित्र्याइएको ७६ लाख ७३ हजारको पशुपंक्षी बरामद भएको थियो।
यस्तै १ करोड १९ लाख ६८ हजार ६४० रुपैया प्रतिन्धित नोट, ३३ लाख ९२ हजार काष्ट तथा बन पैदावार २ लाख १३ हजारको विस्फोटका पदार्थ, ४ लाख ९३ हजारको नदीजन्य पदार्थ बरामद गरिएको थियो।‘
गत वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाई गर्दा सुठौली भन्सारको लक्ष्यको करिब दोब्बर एक अर्ब ५१ करोड तथा कृष्णनगर भन्सारको लक्ष्यको ७ प्रतिशत बढी ५ अर्ब ७३ करोड राजस्व समेत सकलन भएको छ। यस्तै सशस्त्र प्रहरीले गत वर्ष भरुवा बन्दुक र बारुद सय ग्राम, कटुवा पेस्तोल एक र गोली ५ राउन्ड तथा ५ जना मानिस पक्राउ गरेको थियो।
४ केजी अफिम, ६१ ग्राम ब्राउनसुगर, अन्य लागुपदार्थसहित ५ जना पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको थियो। आगलागी, बाढी, सवारी दुर्घटनामा परेकोहरुको उद्धार समेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।