Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एकीकृत समाजवादी विस्तार, संयोजकमा हमाल

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल चन्द्रौटा-माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो गतिविधि तीव्र बनाएको छ । माधव नेपाल नेतृत्वको पार्टी समाजवादीले पार्टी दर्ता प्रक्रिया अगाडि बढाएलगत्तै कपिलवस्तुमा बृहत भेला भएको छ । भेलाले एकीकृत समाजवादी(कपिलवस्तुको नेतृत्व लंका बहादुर हमाललाई दिइएको छ । शनिबार जिल्लाको वाणगंगा नगरपालिकामा बसेको बृहत अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १ सय ५१ सदस्यिय जिल्ला अधिवेशन आयोजक सम्मेलन घोषणा गरेको हो ।

शिवराज नगरपालिका चन्द्रौटा निवासी तत्कालिन एमाले पार्टीको जिल्ला नेता हमालले जिल्लाको पश्चिमी क्षेत्रमा रहेर कम्युनिष्ट आन्दोलनमा काम गर्दै आउनुभएका हमालले त्यस क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्थाको पनि नेतृत्व गर्दै आउनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै नेता हमालले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्दै देशलाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढाउनका लागि आफुहरु एकीकृत समाजावादी पार्टीमा आवद्ध भएको नव गठित जिल्ला कमिटीका अध्यक्ष हमालले बताउनुभयो ।

तत्कालीन पार्टी एमाले नेतृत्वले एकताका सबै ढोका बन्द गरेकाले अर्को पार्टी निर्माण गर्नु परेको बताउनुभयो । नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोसिस भएपछि आफूहरुले बाध्य भएर विद्रोह गरेको हमालको भनाइ थियो ।

उहाँले नेकपा (एमाले) को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएकोदाबी गर्नुभयो । नयाँ पार्टीले विगतका कमिकमजोरीलाई हटाउँदै समाजवादको यात्रामा अघि बढ्ने र जनताको पक्षमा सँधै लागिरहने उहाँको भनाइ थियो ।

पार्टी भित्र गम्भीर मतभेद देखा परेसंगै कम्युनिष्ट आन्दोलन नै समाप्त हुने दिशामा पुगेको बेला आफुहरुले नयाँ पार्टीको रुपमा एकीकृत समाजवादी गठन गर्नुपरेको भेलामा बोल्ने बक्ताहरुले बताउनु भएको थियो ।उहाँले जिल्लामा पार्टीलाई थप मजवुत बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेलाले जिल्लामा रहेका तीन वटै प्रतिनिधि सभाको क्षेत्रिय इन्चार्ज पनि तोकेको छ । जस अन्तरगत प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेत्रलाल खनाल, प्रतिनिधिसभा क्षेत्र नं. २ मा दिनेश श्रेष्ठ र प्रतिनिधिसभा क्षेत्र नं. ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रिय इन्चार्ज तोकेको नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।पार्टीले औपचारिक रुपमा बैधानिकता पाएपछि जिल्ला अधिवेशन मार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu