चन्द्रौटामा ६ सय अवैध कुखुराको चल्ला नष्ट
न्युज सेन्टर नेपाल , कपिलवस्तु-वडा प्रहरी कार्यालय चन्द्रौटा द्धारा ६ सय कुखुराका चल्ला नष्ट गरेको छ । आज बिहान ६ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं ४ वर्गदवा गाँउ जाने सडकमा ल्याउँदै गरेको अवैध कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो ।
८ वटा काटुनमा रहेको गिरीराज जातको कुखुराको चल्ला बरामद गरेको वडा प्रहरी कायालय चन्द्रौटाले जनाएको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेबको चल्ला वडा प्रहरी कार्यलय चन्द्रौटाबाट खटेका टोलिले बरामद गरेको चल्ला वडा प्रहरी ,स्थानीय प्रतिनिधि, पत्रकार लगायतको रोहवरमा बिहान नष्ट गरिएको प्रहरीले जनाएको छ ।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ। यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन।